logo
२०८१ बैशाख ७ शुक्रवार



सिन्धुपाल्चोकका विपदग्रस्त क्षेत्रको विज्ञ टोलीले भौगोलिक अध्ययन थाल्यो

प्रदेश |


सिन्धुपाल्चोकका विपदग्रस्त क्षेत्रको विज्ञ टोलीले भौगोलिक अध्ययन थाल्यो


बिदुर आचार्य,
चौतारा, मङ्सिर १३ गते । निरन्तर प्राकृतिक बिपत्ति भोगेको सिन्धुपाल्चोक जिल्लालाई विपद् तथा संकटग्रस्त जिल्ला घोषणा भएको तीन महिना पछि भौगर्विक अध्ययन टोलीले अध्ययन सुरु गरेको छ । जुगल गाउँपालिकामा साउन ३० गते ३९ जनाको ज्यान जाने गरी गएको पहिरो पीडितका जमिन र अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिका–१ बाँसखर्कबाट अध्ययन सुरु भएको हो । शुक्रबार जुगल गाउँपालिकाको लिदीमा अध्ययनकोलागि गएको टोलीले शनिबारबाट अध्ययन सुरु गरेको जनाएको छ । ‘पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले काम शुरु गरेको छ ।’ शहरी बिकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले बताउनुभयो ।
सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्क लगायतका स्थानहरुको अध्ययन गरिने तयारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनाराण श्रेष्ठले जानकारी दिनुभयो ।
भौगोलिक अध्ययन सुरुवात पूर्व जिल्ला समन्वय समितिमा जानकारी गराउँदै जिल्लाको पहिरोग्रस्त क्षेत्र जुगल गाउँपालिका सँगै बाह्रविसे नगरपालिकाको खागदल, जम्बु र नागपुजे, भोटेकोशी गाउँपालिकाको कतिपय स्थान र मेलम्ची नगरक्षेत्रको अध्ययन हुने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?