logo
२०८१ बैशाख ५ बुधवार



नयाँ राजनीतिक विश्लेषण सार्वजनिक

राष्ट्रिय |


नयाँ राजनीतिक विश्लेषण सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अन्तरवार्ता सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ । पूर्व प्रधानमन्त्री दाहालको २०७४ साल यता विभिन्न सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ताहरू पुस्तकमा सङ्ग्रहित छन् । पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभा, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापना, हतियार व्यवस्थापनदेखि सेना समायोजन, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान निर्माणलगायत विषयमा गरिएका कुराकानी समावेश छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?