logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय विदेशमन्त्री खाडी राष्ट्रको भ्रमणमा जाँदै

अन्तर्राष्ट्रिय |


भारतीय विदेशमन्त्री खाडी राष्ट्रको भ्रमणमा जाँदै
तस्विर-आउटलुक इन्डिया


नयाँ दिल्ली, मंसिर ९ गते।
भारतीय विदेशमन्त्री एस जयशंकर बहराइन, युनाइटेड अरब इमिरेट्स र सेसाइल्सको भ्रमणमा जानुहुने भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विदेश मन्त्री जयशंकर मंगलबारदेखि नै ती देशको भ्रमणमा जान लाग्नुभएको हो ।

उहाँले ती देशमा पुगेर त्यहाँका कार्यकारी प्रमुखहरुसँग आपसी भेटवार्ता गर्नुहुने भएको पनि समाचारमा जनाइएको छ । भारतको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर यही नोभेम्बर २४ देखि २९ सम्म विदेशमन्त्री जयशंकरले ती देशहरुको भ्रमण गर्नुहुने जानकारी दिएको छ ।

सो विज्ञप्तिमा उहाँले मंगलबारदेखि बुधबारसम्म उहाँले बहराइनको भ्रमण गर्नुहुने छ । उहाँले बहराइन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री खालिफा बिन सलाम अली खालिफाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुहुने छ ।

उहाँको असामयिक निधनप्रति विदेशमन्त्री जयशंकरले आफ्नो व्यक्तिगत तर्फबाट तथा भारत र भारतीय नागरिकका तर्फबाट पनि श्रद्धाञ्जलि व्यक्त गर्नुहुने कार्यक्रम रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
त्यसपछि उहाँ संयुक्त अरब इमिरेट्स पुग्नुहुने छ । त्यसैगरी उहाँ यस भ्रमणको अन्तिममा उहाँ सेसाइल्स पुग्नुहुने छ ।
सेसाइल्समा उहाँले सो देशका हालै निर्वाचित राष्ट्रपति वेवल रामकलवानसँग भेटवार्ता गर्नुहुने कार्यक्रमा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?