logo
२०८० चैत्र १६ शुक्रवार



काेराेना परीक्षण गर्ने चार प्रयाेगशाललाई स्पष्टीकरण

राष्ट्रिय |


काेराेना परीक्षण गर्ने चार प्रयाेगशाललाई स्पष्टीकरण


गोरखापत्र समाचारदाता
काठमाडौं,मङ्सीर ७ गते । कोरोना भाईरस (कोभिड–१९) परिक्षण गर्ने चार नीजि प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नैपर्ने व्यवस्थाको पालना नगरेको भन्दै ती प्रयोगशालाहरुलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परिक्षण गरिएका नमुना भण्डारण गरिएका नमुना राख्नैपर्ने भए पनि ती कम्पनीले नमुना भण्डारण नगरेको जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता गौतमले पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएको नमूना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरी राख्नुपर्ने व्यवस्थालाई नीजी प्रयोगशालाले उक्त व्यवस्था पालना नगरेको पाइएको बताउनुभयो । मन्त्रालयले स्पष्टिकरण सोधिएका प्रयोगशालाहरुमा सेन्टर डायग्नोस्टिक ल्यावरोटरी, सुर्या हेल्थ केयर, ह्याम्स अस्पताल र स्टार अस्पतालका प्रयोगशाला रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?