logo
२०८१ बैशाख ८ शनिवार



कोरोनाबाट कञ्चनपुरका ७४ वर्षीय वृद्धको मृत्यु

प्रदेश |


कोरोनाबाट कञ्चनपुरका ७४ वर्षीय वृद्धको  मृत्यु


सिराज खान
नेपालगञ्ज, मंसिर १ गते । भाइटीकाका दिन सोमबार पनि नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५, कञ्चनपुरका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार मधुमेह र उच्च रक्तचाप सम्बन्धित बिरामी भएका ती पुरुषलाई कात्तिक २१ गते स्वास्थ्यमा समस्या आएर महाकाली अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरिएकोमा २३ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।
उहाँको स्वास्थ्यमा सुधार नआउँदा कात्तिक २५ गते भेरी अस्पतालमा भर्ना गरिएकोमा बिरामीको रोग अनुसार सम्पूर्ण उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई सोमबार बिहान साढे ६ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउने क्रममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?