logo
२०८० चैत्र १५ बिहीवार



बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

फिचर |
प्रदेश |


बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण


सिराज खान
नेपालगञ्ज, कात्तिक ११ गते । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग काेराेना भाइरसबाट संक्रमित हुनुभएको छ । जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला स्यांग्जाबाट बाँकेमा सरुवा हुनु भएका प्रजिअ कुरुम्वांग कोभिड १९ को महामारी नियन्त्रणका लागि दिनरात नभनी आफै सबैैतिर खटिनुभएको थियो ।
सिमाना, क्वारेन्टान र आइसोलेसनको व्यवस्थापनदेखि कोरोना विशेष अस्पतालको सञ्चालन र शव व्यवस्थापनसम्म आफै खटिंदै आएको अवस्थामा परीक्षण गराउँदा मंगलवार उहाँलाई संक्रमण पुष्टि भएको छ ।
कोरोना नियन्त्रणको काम गर्दा गर्दै मंगलवार उहाँलाई संक्रमण पुष्टि भएको उहाँले जानकारी गराउनुभएको छ । आफु संक्रमित भएको जानकारी गराउँदै प्रजिअ कुरुम्वांगले केही दिन यता नजिकै भएर काम गरेका सबैले परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ ।
 केही दिन पहिले मात्रै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर पनि जनताको सेवामा खटिंदा खटिंदै संक्रमित भएर हाल होम आइसोलेसनमा हुनुहुन्छ ।
पछिल्लो केही दिन यता जिल्लामा संक्रमितहरु घट्दै गएका छन् भने संक्रमित देखिनेमा लक्षण भएकाहरु अधिकांश रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यसैबीच बाँकेमा मंगलवार मात्रै ३८ जना निको भएर घर फर्किएको सो कार्याालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?