logo
२०८० चैत्र ६ मंगलवार



काठमाडौं उपत्यकामा एक हजार ११० मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा एक हजार ११० मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ११० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा एक हजार ११० जना सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ६८१ पुरुष, र ४२९ महिला पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार २२५ जना सङ्क्रमित थपिएका छन् । १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २४ हजार ७६९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४२ हजार ९५३ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म ३०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा आठ जनाको मृत्यु भएको छ । देशैभरि १३ जनाको सङ्क्रमणबाट मृत्यु भएको दत्र्ता गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ८४६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?