logo
२०८० चैत्र ६ मंगलवार



दुई हजार २२५ थपिए, सङ्क्रमित एक लाख ५५ हजार २३३ पुग्यो

स्वास्थ्य |


दुई हजार २२५ थपिए, सङ्क्रमित एक लाख ५५ हजार २३३ पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २२५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५५ हजार २३३ पुगेको छ । हाल ४६ ह्जार ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ८४६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?