logo
२०८० चैत्र ६ मंगलवार



चर्च भवन भत्किँदा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


चर्च भवन भत्किँदा २२ जनाको मृत्यु
तस्विर-डेक्कन हेराल्ड


अबुजा, कात्तिक ८ गते।
चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते  भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
भत्किएको भवन छ तले थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो । खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?