logo
२०८० चैत्र १५ बिहीवार



पूर्व प्रधानमन्त्री डा. भट्टराई र उहाँकी धर्मपत्नी यमीलाई कोरोना संक्रमण पुष्टि

फिचर |


पूर्व प्रधानमन्त्री डा. भट्टराई र उहाँकी धर्मपत्नी यमीलाई कोरोना संक्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का  नेता डा. बाबुराम भट्टराई र उहाँकी धर्मपत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. भट्टराईले शनिबार सो कुराको जानकारी सामाजिक सञ्जाल ट्वीटमार्फत गराउनुभएको हो । डा. भट्टराईका अनुसार शुक्रबार गरिएको स्वाब संकलन गरेकोमा शनिबार दुवैजनाको पोजेटिभ रिपोर्ट आएको छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिसिला र म दुवैलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ, कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो ।”

उहाँले अगाडि लेख्नुभएको छ, “चिकित्सकहरुको सल्लाह बमोजिम हामी होम आइसोलेशनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनु हुन विशेष आग्रह छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?