logo
२०७७ मंसिर १२ शुक्रवार

दसैँको मनोविज्ञान र मानसिक सुस्वास्थ्य

विचार/दृष्टिकोण |


2020-10-24-25342


डा. नरेन्द्रसिंह ठगुन्ना


नेपालको साँस्कृतिक परम्परा मौलिक छ । यो मनको कुरा त्यो मनलाई अभिव्यक्त गरेर भावना साटासाट गरी मनको भारी हलुका गर्न सहयोग पु¥याउने माध्यम नै चाडबाडहरू हुन् । चाडबाडको आफ्नै मनोवैज्ञानिक, सामाजिक र साँस्कृतिक महŒव छ । त्यसैले मानिसले परम्परागत ढङ्गबाट चाडबाडहरू मान्दै आएका छन् ।

 नेपालको राष्ट्रिय चाड
बडादसैँ नेपालीहरूको ठूलो र सबैभन्दा लामो चाड नवदुर्गाको पूजासँगै सुरु भइसकेको छ । यसपछि लगत्तै तिहार र तराई क्षेत्रमा छठको रौनक सुरु हुन्छ । दसैँँ पूर्वीय दर्शनको एउटा महान्, धार्मिक, साँस्कृतिक तथा सामाजिक चाड हो । नेपालमा धार्मिक तथा साँस्कृतिक रूपमा टीका थापेर मनाउने वा टीका नलगाउने, हिन्दु, बौद्धलगायत अन्य प्रायः धर्मावलम्बीहरूले दसैँलाई राष्ट्रिय उत्सवकै रूपमा मनाउने परम्परा छ । दसैँमा पूजा गरिने नवदुर्गा देवीहरूलाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नामले चिन्ने गरिन्छ । नवरात्रमा दुई वर्षदेखि १० वर्ष उमेरसम्मका नौवटी कन्या कुमारीलाई पूजा गर्दा, भोजन गराउँदा र दान गर्दा यस लोकमा उन्नतिका साथै परलोक पनि सुध्रिन्छ भन्ने मान्यता छ । देवीहरूलाई हाम्रो धर्मशास्त्रमा विभिन्न प्रतीकका रूपमा अथ्र्याइएको छ । शास्त्रमा शैलपुत्रीलाई चाडतपुत्री पार्वती भनी बुझाइएको छ । ब्रह्मचारिणीलाई ब्रह्मचर्ययुक्त नारीका रूपमा मान्दै शुद्धता र ओजको प्रतीकका रूपमा लिइएको छ । चन्द्रघण्टालाई चन्द्रमाको सौन्दर्यका रूपमा, कुष्माण्डालाई कुभिन्डोका रूपमा प्रस्तुत गर्दै वनस्पतिको प्रतीकका रूपमा लिइएको छ । स्कन्दमातालाई मातृस्वरूप नारीहरूको प्रतीकका रूपमा, कात्यायनीलाई तन्त्रमन्त्र र अन्य विभिन्न शक्तिको स्वरूप, कालरात्रिलाई तमोगुणकी प्रतीकका रूपमा, महागौरीलाई महान् चरित्रयुक्त र आदर्श नारीको प्रतीकका रूपमा र सिद्धिदात्रीलाई हरेक किसिमका कार्यसिद्धिको प्रतीकका रूपमा वर्णन गरिएको छ ।

दसैँको साँस्कृतिक लचकता
दसैँले समाज वा व्यक्तिविशेषमा रहेका वर्षभरिको रिस, राग बिर्सने, पारिवारिक जमघट हुने, सँगै एकैठाउँमा टीकाटालो र खानपान गर्ने चाड भएकाले पनि यसको विशेष मनोवैज्ञानिक, साँस्कृतिक र सामाजिक महŒव छ । यसले आपसी सद्भाव बढाउनमा सकारात्मक भूमिका खेल्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दानवतामाथि देवताको, अमानवतामाथि मानवताको, अधर्ममाथि धर्मको, शत्रुमाथि मित्रताको, निराशामाथि आशाको र विछोडपछि मिलनको चाडका रूपमा दसैँ चाडको महŒव छ । वर्षको लामो बिदामा सम्पूर्ण मानसिक तनाव, पीर, चिन्ता र पीडा बिर्सेर हाँस्ने र खुसीसाथ घरपरिवार र आफन्तसँग रमाउँदै सन्तुष्टि लिने गरिन्छ यसमा । साँस्कृतिक र मानसिक लचकता वृद्धि गर्न यस चाडले सहायता गर्छ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सामान्य हुन मद्दत गर्ने मनको गुण वा क्षमतालाई मानसिक लचकता भनिन्छ । हाम्रो नेपाली संस्कृतिमा चाडबाड, धर्म, जातीय विश्वास र कुल देवतासम्बन्धी धारणाका कुराले मानसिक लचकता निर्माणमा भूमिका खेल्छ । साँस्कृतिक र मानसिक लचकताको क्षमताका कारण व्यक्तिले जीवनमा आइपर्ने असामान्य परिस्थिति, पीडा, दुःख आदिको सजिलै सामना गर्न सक्छ । यस्ता व्यक्तिको जीवनमा नकारात्मक प्रभाव हुँदाहुँदै पनि त्यस्ता प्रभावलाई सजिलै सामान्यीकरण गर्ने क्षमता राख्छ । साँस्कृतिक लचकताको क्षमता अभिवृद्धिमा बाल्यकाल, परिवार, सम्बन्ध, शिक्षा, समाज, देश, परिस्थिति, आर्थिक पक्ष आदिको प्रभाव रहन्छ ।

 मानसिक सुस्वास्थ्यमा फाइदा
नेपालमा चाडबाडले व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यमा के–कति र कस्तो असर पार्छन् भन्ने सवालमा गहन अध्ययन भएकोजस्तो देखिँदैन । यससम्बन्धमा मनोवैज्ञानिक तथ्याङ्कहरू पनि पर्याप्त उपलब्ध छैनन् । नेपालमा चाडबाडमा खुसियालीका साथै साँस्कृतिक पक्ष पूरा गर्न आयको क्षमता नभए पनि चाडबाडका बेला जसरी भए पनि उपभोग गरेर चाडबाड मनाउनुपर्छ भन्ने मान्यताले व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यमा सकारात्मक प्रभाव हाम्रो समाजमा छ ।
सकारात्मक मनोविज्ञानका संस्थापक माटिन सेलिङमैनको ‘पीईआरएमए’ मनोवैज्ञानिक सुस्वास्थ्यको सिद्धान्तअनुसार, जीवनमा खुसी र समृद्धिका पाँच महŒवपूर्ण तŒवहरू सकारात्मक भावना÷संवेग, संलग्नता, सम्बन्ध, अर्थपूर्णता र उपलब्धि हुन्छन् । सकारात्मक मनोविज्ञानले व्यक्तिको जीवनमा उपयुक्त भूमिका उजागर गर्नका लागि सकारात्मक भावना, संवेग, चरित्र, शक्तिहरू र सकारात्मक मानव कल्याण र आनन्दको सेवा गर्दै उपयुक्त जीवन निर्माण गर्ने संस्थाहरूको अध्ययन क्षेत्रका रूपमा परिभाषित
गरिएको छ ।
हाम्रा चाडबाडले सकारात्मक भावना बढाउने सहज वातावरण निर्माण गर्न सहयोग मिल्छ । चाडमा आत्मीयताका साथ भावाना साटासाट गरेर हामी अतीतका बारेमा हाम्रो सकारात्मक भावना बढाउन सक्छौँ
(जस्तै ः कृतज्ञता र क्षमा दिएर) । त्यस्तै वर्तमानबारे हाम्रो सकारात्मक भावना (उदाहरणका लागि, शारीरिक र मानसिक आनन्द प्राप्त गरेर) र भविष्यका बारेमा हाम्रो सकारात्मक भावना (जस्तै ः निर्माण गरेर आशा र आशावाद) । चाडबाडले खासगरी सम्बन्धहरू विस्तार गर्न संलग्नतामा जोड दिन्छ ।
चाडबाडमा संलग्नता एक अनुभव हो, जसमा कसैले कुनै चुनौतीपूर्ण कार्यका लागि आफ्नो क्षमता, बल र ध्यानलाई पूर्णतया समायोजन गर्न मद्दत गर्छ । संलग्नतालाई गतिविधिको विस्तृत विविधतामा अनुभव गर्न सकिन्छ । उदाहरणका लागि, एक राम्रो कुराकानी, एक कार्य, किताब, लेखन, वागबानी, खेलकुद प्रशिक्षण, एक सङ्गीत वाद्य बजाउन सहयोग गर्ने । सम्बन्ध मनोसामाजिक सुस्वास्थ्यकोे आधारभूत तŒव हो । हाम्रा चाडबाडमा खासगरी सम्बन्धहरू विस्तार गरी आफ्नोपन वृद्धि गर्न सहयोगीसिद्ध भएका छन् । अनुभवहरू जसले सुस्वास्थ्यमा योगदान पु¥याउँछन् प्रायः हाम्रो सम्बन्धको माध्यमबाट जोडिएको छ । उदाहरणका लागि, ठूलो आनन्द, अर्थ, हाँसो, सम्बन्धको भावना र उपलब्धिमा गर्व आदि । अरूसँगको पारस्परिक अन्तर्वैयक्तिक सम्बन्धले जीवनमा उद्देश्य र अर्थ दिन सक्छ । अनुसन्धानले अरूका लागि दयालु कार्यहरू गर्दा मनोसामाजिक सुस्वास्थ्यमा वृद्धि हुन्छ भन्ने
देखाएको छ ।
अरू चाडमा भन्दा दसैँको बेला शिक्षा र रोजगारीका लागि सहरी क्षेत्रमा बसोवास गरिरहेका मानिस ग्रामीण क्षेत्रतर्फ जाने गर्छन् । यसले आत्मीयतामा बढावा पाउने अवसर पाउँछ । यसलाई व्यक्तिले आफ्नो उपलब्धि भएको मान्छ । मान्छे आफ्नै कामका लागि उपलब्धि, क्षमता र सफलताको काम गर्छ ।
चाडबाडले मनोसामाजिक सुस्वास्थ्य कायम राख्न सहयोग गर्छन् । व्यक्तिको जीवनमा आशावादको लहर सिर्जना गर्छन् । अध्ययनले देखाउँछ– आशावादले निराशावादको तुलनामा धेरै फाइदा गर्छ, जसमा कम उदासीनता र चिन्ता, विद्यालय, खेलकुद र काममा राम्रो प्रदर्शन गर्ने, विद्यालयबाट बाहिर निस्कने जोखिम कम हुने, राम्रो शारीरिक स्वास्थ्य परिणाम, कम बिमार हुने, हृदय रोग कम हुने, कम मृत्युदर जोखिम र सर्जरी (शल्यक्रिया) बाट छिटो रिकभरी (पुनः स्वास्थ्यलाभ) आदि । मनोसामाजिक सुस्वास्थ्य वास्तविक संसारको परिणामहरूमा उपयोगी छ । उच्चस्तरको मनोसामाजिक सुस्वास्थ्यले व्यक्तिहरूमा काममा राम्रो प्रदर्शन गर्न, अधिक सन्तोषजनक सम्बन्ध राख्न, अधिक सहयोगी भावनाको विकास गर्छ । बलियो प्रतिरक्षा प्रणाली, राम्रो शारीरिक स्वास्थ्य हुन्छ । लामो अवधिसम्म बाँच्न सहयोगी हुन्छ । हृदय रोगका कारण हुने मृत्यु, निद्राको समस्याहरूमा कमी हुन्छ । अधिक आत्मसंयमी बन्न र सकारात्मक सामना गर्ने सीपमा वृद्धि हुन्छ ।
दसैँले मानसिक सुस्वास्थ्य कायम राख्न सहयोग गर्छ । त्यसैले यसलाई समाजमा परम्परागत शैलीमा नै मनाउँदा यसको सकारात्मक उपलब्धि प्राप्त गर्न सकिन्छ र व्यक्तिको जीवनमा आशावादको लहर सिर्जना गर्छ ।

(लेखक मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?