logo
२०८१ बैशाख १३ बिहीवार

  अझै फेरिएन कर्णाली भेगको पीडा  



भारतबाट रित्तोहात, दसैँ खर्च जुटाउन गिट्टी कुट्दै स्थानीय महिला

प्रदेश |


भारतबाट रित्तोहात, दसैँ खर्च जुटाउन गिट्टी कुट्दै स्थानीय महिला
दशैँ खर्च जोहो गर्न स्थानीय महिला


शेरबहादुर सार्की
बाजुरा, कात्तिक ६ गते । अहिले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश स्थानीयलाई दसैँ तिहार कसरी मनाउँने भन्ने निकै पीर परेको छ । भोको पेट पाल्नकै लागि भारतमा गएका उनीहरु कोरोना महाममारीका कारण काम बन्द भएर स्वदेश फर्किदा गाउँमा कुनै काम पाएनन । काम नपाएपछि उनीहरुलाई यस पालिको दसैँ कसरी मनाउने भन्ने निकै पीर परेको हो ।

दशै खर्चको जोहो गर्न अधिकांश महिला गाउँमा गिट्न थालेका छन् । स्थानीय सरकारबाट गाउँमा भौतिक पूर्वाधार निमार्णका काम सुरु गरेपछि अधिकाशं महिलालाई गिट्टी कुट्ने काम मिलको हो ।

गाउँमा अन्य रोजगारीका केही अवसर नमिलेपछि उनीहरु गिट्टी कुटेर नै यस पालिको दसैँ तिहार मनाउने तयारीमा छन् ।छेडेदह गाउँपालिका –५ का शान्ति सुनार भन्नुहुन्छ,“ यस अघि मेरो श्रीमान दसैँ तिहारको बेला भारतबाट राम्रो कमाइ गरेर घरमा आउनुहुन्थ्यो, यस पालि कोरोना महामारीका कारण काम बन्द भएपछि रित्तो हातले घर फर्किनुभयो ।

दसैँ नजिकै आउन थाल्यो, घरमा केही छैन् त्यसकै खर्च जोहो गर्नका लागि अहिले गिट्टी कुट्दै छु,नेपालीले भन्नुभयो,“विहानै उठेर ढुङ्गाको जोहो गर्छु, दिउँसो गिट्टी कुट्छु अनी दुइ रुपियाँमा बिक्री गर्छु,”।

गाउँमा केही काम छैन तर स्थानइि पूर्वाधार निमार्णका लागि गिट्टी कुट्ने काम मिलेपछि याहाँका अधिकांश महिलालाई घर खर्च चलाउँन धेरै सहज हुने भएको छ ।
अहिले स्थानीय सरकारले गाउँमा पूर्वाधार विकास ठुलो रकम लगानी गर्दै आएको भए पनि गाउँमा महिलाले भने गिट्टी कु्टने भन्दा अन्य कुनै काम पाएका छैनन् ।
बाजुराका अधिकाशं युवाको पेट पाल्नकै निमित्त भारतमा जानुपर्ने बाध्यता पहिलेदेखि अहिले उस्तै छ । स्थानीय सरकारले गाउँका स्थानीयलाई सहज हुने गरी काम गर्नुको साटो जमिन मासेर सडक निमार्णका लागि गाउँमा डोजर चलाउँछ ।
गाउँमै काम गर्ने वातावरण नमिलेपछि यूवालाई घर छोडेर विदेश जानुको अर्को केही विकल्प नभएको बुढीगङ्गा नगरपालिका स्थानीय पवित्रा नेपाली बताउनुहुन्छ ।
स्थानीय सरकारले गाउँमा केही भौतिक पूर्वाधारका काम सञ्चालनले गिट्टी कुट्ने काम पाउँदा पेट पाल्न केही सहज बनाए पनि ठूलो परिमाणको रोजगार भने अहिलेसम्म मिलेको छैन् ।
नेपालीले गुनासो पोख्दै भन्नुभयो, “प्रतिकेजी गिट्टीको दुई रुपियाँ बिक्री गर्दै आएकी छु , यो भन्दाबढी कसैले पनि हाल्न मान्दैनन् मिहिनेत गरे वापतको रकम माग्दा कोही दिदैनन् थोरै दाममा धेरै काम गर्नुपरेको छ,”।
त्यसै गरि त्रिवेणी –५ का स्थानीय निर्मला विक भन्नुहुन्छ, “ स्थानीय सरकारले बढी रकम सडकमै पोख्छ, हामीले वडामा गएर त्यो काम हामी गर्न सक्छौ हामीलाई दिनुहोस भन्दा कसैले सुनि दिदैनन् ” ।
उहाँले भन्नुभयो, गाउँपालिकाको बजेटमार्फत गाउँ गाउँमा सडक खन्निदै छन् त्यो रकम डोजर मालिक र गाउँका अगुवाका मुखमा जान्छन् बर्खा लाग्ने वित्तिकै सडक भत्किन्छ, गाउँमा पहिरो लाग्छ, स्थानीयलाई नत सडक हुन्छ, नत रोजगार मिल्छ, ।
स्थानीय सरकार आए भने गाउँमा विकास होला, गाउँका व्यरोजगार युवाका लागि रोजगारको अवसर आउला भनेर सोच राखेका थियौ, यो आश नभइ त्रास भयो विकले बताउनुभयो ।
यता त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले भने स्थानीयको अगुवाको सहमती र उनीहरुको माग अनुसार नै गाउँमा सडक खन्न थालेको बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?