logo
२०८० चैत्र १६ शुक्रवार



अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो


ब्यूनस आयर्स, अजेन्टिना, कात्तिक ४ गते।
अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।
विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो । विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?