logo
२०८० चैत्र १६ शुक्रवार



गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित

प्रदेश |


गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित


गण्डकी, कात्तिक २ गते । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?