logo
२०७७ कार्तिक १२ बुधवार

थप एक सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु

प्रदेश |


2020-10-18-24976


धरान, कात्तिक २ गते । यहाँस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् । शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिनुभयो । उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।
अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ । भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?