logo
२०८१ बैशाख ८ शनिवार



चन्दननाथ मन्दिरमा ५२ हातका नयाँ लिंगा फेरिए

प्रदेश |
समाज |


चन्दननाथ मन्दिरमा ५२ हातका नयाँ लिंगा फेरिए


नेत्र शाही
जुम्ला, खलङ्गा कार्तिक, १ गते । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातलामा लिंगा फेरिएका छन् । परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि मात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापना मनाउँदै आउने चलनअनुसार यो पटक पनि लिंगा फेरिएको हो । जुम्ला सदरमुकामा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजासहित नयाँ लिंगो फेरिने चलन अनुसार मनाईएको छ ।
कोरोनाले सुरक्षाकर्मीको मात्रै उपस्थित 
कोरोना संक्रमणका कारण भने गत बर्षहरु भन्दा खासै मानिसहरुको भिड लागेन । स्थानीय प्रशासनको अनुरोधमा सुरक्षाकर्मी र मन्दिरका पुजारीहरु र सिमित मानिसहरुले यस बर्ष मन्दिरमा लिंगा गाड्न पुगेका थिए । अघिल्ला बर्षहरुमा भीडभाड हुने दिनमा यो बर्ष स्थानीय प्रशासनले कोरोना नफिलिन सुरक्षा अपनाएपछि सीमित मानिहरु छन् । प्रमुख जिल्ला अधिकारी भुपेन्दै थपाले कोरोना फैलिन नदिन सीमित व्यक्तिहरुको सहयोगमा लिंगा फेरिएको छ । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले यस मन्दिरको लिंगा फेर्नमा योगदान गरेका छन् । कोरोनाका कारण कर्णालीकै सवैभन्दा ठूलो जात्रा पनि यो बर्ष हुन् सकेन ।
जुम्लाको चन्दननाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको ं स्थानीय खस सस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । हरेक बर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीयहरु र सुरक्षाकर्मीहरुको सहयोगमा हरेक बर्ष चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा गाडेर बि.सं १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रहीआएको उहाँले जानकारी दिनुभयो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा हुने भएकाले ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वाजासहित ५२ हाते लिंगा खडा गरि घटस्थापना गर्ने चलन रहिआएको छ ।
जंगलबाट लिंगा ल्याउन पनि यहाँको नेपाली सेना, प्रहरी सहित स्थानीयले जंगलबाट निकै मिहिनेतका साथ दुई दिन अगाडि जंगलबाट मन्दिरमा ल्याउने गरेका छन् ।
जुम्लामा चन्दननाथ मन्दिरमा लिंगा गाडेर फर्किएपछि घरमा जमरा राख्ने चलन समेत रहेको छ । लामो ईतिहास वोकेको चन्दननाथ मन्दिरमा भने अहिले स्थानीयले लिंगा गाड्नेदेखि ठड्याउने काममा चासो बढ्दै गएको छ ।
यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत रुपमा परम्परागत पूजा गरिएको छ । समितिका सचिव ताराजंग हमालका अनुसार भौतिक दूरी कायम गर्दै पूजा गरी जमरा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?