logo
२०८१ बैशाख १३ बिहीवार



आइतबार गण्डकीमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित पुष्टि

प्रदेश |


आइतबार गण्डकीमा  अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित पुष्टि


गण्डकी प्रदेश ब्युराे
पोखरा, असोज १८ गते । गण्डकी प्रदेशमा एकै दिन १५९ जनामा कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आइतबार पुष्टि भएका सङ्क्रमित अहिलेसम्मको सबैभन्दा धेरै हो । गण्डकी स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चैत १५ गते पहिलो सङ्क्रमित पुष्टि भएको गण्डकीमा जेठ तेस्रो हप्तापछि दैनिक सङ्क्रमित पुष्टि हुन थालेका थिए ।
गण्डकी प्रदेशमा सरदर दुई अङ्कमा सङ्क्रमित पुष्टि हुने गरेकोमा पछिल्लो समय तीन अङ्कमा सङ्क्रमित पुष्टि हुन थालेका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार आइतबार अहिलेसम्मकै सबैभन्दा धेरै १५९ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । यस अगाडि असार ६ गते १०८, असार ९ गते १०४, असोज ११ गते १०४ र असोज १ गते १०२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा सङ्कलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा रहेको प्रयोगशालमा परीक्षण गरिएको थियो । हालसम्म चार हजार १७५ जना सङ्क्रमित पुष्टि भएको गण्डकीमा ३४ जनाको मृत्यु र दुई हजार ८३१ जना निको भई घर फिर्ता भइसकेका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लामा एक हजार २२ जनामा सङ्क्रमण पुष्टि भएकोमा ११ जनाको मृत्यु र ३९९ जना निको भएर घर फर्केका छन् । कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन अस्पतालसँगै होम आइसोलेसनको समेत प्रबन्ध गरेर सङ्क्रमितलाई सुरक्षित तरिकाले राखिएको छ ।
यस्तै पूर्वी नवलपरासीका ९९९ जना सङ्क्रमितमध्ये सात जनाको मृत्यु, ६६४ जना निको भई घर फर्केको र ३२८ जना आइसोलेसनमा रहेका छन् । तनहुँका ४७० सङ्क्रमितमध्ये, पाँच जनाको मृत्यु, ३६२ जना निको र १०३ जना आइसोलेसनमा, बागलुङका ४३० सङ्क्रमितमध्ये एक जनाको मृत्यु, ३३१ जना निको र ९८ जना आइसोलेसन, स्याङ्जाका ४०६ जना सङ्क्रमितमध्ये तीन जनाको मृत्यु, ३८६ जना निको र १७ जना आइसोलेसनमा, लमजुङका ३९८ जना सङ्क्रमितमध्ये ३३५ जना निको भईं ६३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
यसैगरी गोरखाका २६० जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु, १९९ जना निको भई ५५ जना आइसोलेसनमा, पर्वतका १२३ जना सङ्क्रमितमध्ये ११४ जना निको र नाै जना आइसोलेसनमा, म्याग्दीका ५५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु, ५० जना निको र चार जना आइसोलेसनमा, मनाङमा आठ जना सङ्क्रमितमध्ये चार जना निको भई चार जना आइसोलेसनमा र मनाङका एक जना सङ्क्रमितमध्ये एक जना निको भई सक्रिय सङ्क्रमित शून्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?