logo
२०८१ बैशाख ७ शुक्रवार



बाह्रबिसे-पिस्कर सडकको स्तरोन्नति सुरु

प्रदेश |


बाह्रबिसे-पिस्कर सडकको स्तरोन्नति सुरु
सडकको स्तरोन्नति शीलान्यास गर्नुहुँदै भौतिक पूर्वाधार मन्त्री रामेश्वर फूँयाल र नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बाेहोरा ।


बिदुर आचार्य
चौतारा, असोज १८ गते । बाह्रबिसे-सुनकोशी-धुस्कुन-पिस्कर सडकको स्तरोन्नति सुरु भएको छ । आइतबार बागमती प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सडकको स्तरोन्नतिको सुरुवात गर्नुभएको हो ।

पन्ध्र दशमलव ५ किलोमिटरको सडक आठ मिटर चौडाइमा विस्तार गरिने भएको छ । दुई वर्ष दुई महिनामा पुरा गर्ने लक्ष्य सहित ३९ करोड ४० लाख रुपियाँमा सडकको स्तरोन्नति हुने प्राविधिक विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । कान्छाराम कन्स्ट्रक्सनले कलभर्ट, पक्की नाला, अस्फाल्ट कङ्क्रिट सहितको ४० मिलिमिटर बाक्लो कालोपत्रे गर्ने गरी ठेक्का सम्झैता भएको प्रमुख श्रेष्ठले बताउनुभयो । केन्द्र र प्रदेश सरकारको समपूरक बजेबाट निर्माण हुने सडकको निर्माणस्थलमा गुणस्तर परीक्षण र गुनासो सुन्ने स्थलसहित रहने श्रेष्ठले जानकारी दिनुभयो ।

सडकको स्तरोन्नति शुभारम्भ गर्नुहुँदै मन्त्री फूयाँलले वीर शहीदहरूको ऐतिहासिक जन्मथलो पिस्करसम्म पक्की सडकको निर्माणले नागरिकमा साँच्चिकै लोकतन्त्रको अनुभूति हुने बताउनुभयो । ‘बागमती प्रदेस सरकारले हरित प्रदेश निर्माणको कामलाई प्राथमिकता दिएको छ’, मन्त्री फुयाँलले भन्नुभयो, ‘पहाड, जङ्गल, नदी संरक्षण गर्दै विकास गरिने छ ।’

ट्राफिक सङ्केत र सेफ्टी समेतको निर्माण एस्टिमेट रहेको उक्त सडक निर्माणपछि जनजीविका र आयआर्जनमा टेवा पुग्ने मन्त्री फुयाँलले बताउनुभयो । उहाँले २१ महिनामा सक्ने गरी काम गर्न र हरेक महिना प्रगती विवरण पठाउनसमेत आग्रह गर्नुभयो । पिस्करदेखि शीलढुङ्गा सात किलोमिटर सडक आगामी वर्ष स्तरोननति गर्ने सङ्केत गर्नुहुँदै विकास निर्माणका काम गर्दा हुने क्षति कम गर्दै वृक्षारोपण गर्न आवश्यक रहेको बताउनुभयो ।

सडक शीलान्यासकै क्रममा नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बाेहोराले निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न स्थानीय सरकारलाई सुझाउनुभयो । बहुआयामिक सडक सञ्जालले पिस्कर तौथलीको महत्व अझै बढ्ने नेता बाेहोरा बताउनुहुन्छ । ऐतिहासिक महत्वको उक्त सडक निर्माणमा आफ्नो स्थानीय तहको भरपुर सहयोग रहने बाह्रबिसे नगरपालिका प्रमुख निमफोञ्जो शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?