logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश ५ मा थप तीन संक्रमितको मृत्यु

फिचर |
खुला |


प्रदेश ५ मा थप तीन संक्रमितको मृत्यु



बुटवल समाचारदाता
बुटवल, असोज १४ गते । बुटवलको धागो कारखानास्थित कोरोना विशेष आईसोलेसन अस्पतालमा बुधबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका रुपन्देहीको देवदह ११ का ५५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट जाँच गर्दा कोरोना संक्रमण भएको देखिएपछि उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

बाँके समाचारदाताका अनुसार बाँकेमा बुधबार थप एकजना कोभिड सङ्क्रमित महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३५ बर्षिय महिलाको अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । योसँगै बाँकेमा हालसम्म १६ जना कोरोना सङ्क्रमितको निधन भएको छ ।

कपिलवस्तु समाचारदाताका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ का ५० वर्षकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गएराति भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?