logo
२०८० चैत्र १६ शुक्रवार



पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

खुला |


पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने


कास्की, असोज १४ गते। कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बससेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।    
    
 पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बससेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ । पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने र त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तरप्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्यसम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो ।    
    
 विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उहाँले जानकारी दिनुभयो । पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्नेछ । अधिकारीले भन्नुभयो, “नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारीपारी गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बोर्डर खुलेपछि सिधा-सिधा सञ्चालन गर्छाँ ।”    
    
 दशैँ तिहारलगायत चाडपर्व नजिकिरहेको र पेशा व्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा शुरु गरिएको बताइन्छ । विगतमा पोखरा–दिल्लीको भाडा रु चार हजार रहेकामा हाललाई रु ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।    
     
 मोर्डन इराले १४ वर्र्ष अघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल सरकार र भारत सरकारबीच दुई देशीय यातायात सञ्चालनको सहमतिअनुसार विसं २०७३ असारदेखि मैत्री बससेवा सञ्चालन भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?