logo
२०८१ बैशाख ६ बिहीवार



सामरी खाेलाले बगाउँदा दम्पतीको मृत्यु   

खुला |


सामरी खाेलाले बगाउँदा दम्पतीको मृत्यु   



वाग्मती, असोज ११ गते । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिनुभयो ।    
    
उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पु¥याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो । केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?