logo
२०८१ बैशाख ७ शुक्रवार



क्यान्सर पीडित १२ वर्षीय रानाको उपचारमा सहयोगको याचना

प्रदेश |


क्यान्सर पीडित १२ वर्षीय रानाको उपचारमा सहयोगको याचना


सल्यान समाचारदाता
सल्यान, असोज १० गते । खुट्टाको क्यान्सरबाट पीडित सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउँका १२ वर्षीय विष्णु राना रकम अभावमा उपचारवाट वञ्चित भएका छन् । आर्थिक अभावले रानाको अहिले सम्म उपचार भएको छैन ।
राना विगत चार महिनादेखि घरको ओछ्यानमै थला परेका छन् । आमा पिमली रानाले खर्चको अभावले छोरोको उपचार गर्न नसकेको वताउनुभयो । उहाँका अनुसार गएको असारमा क्यान्सर भएको थाहा भएपनि आर्थिक अवस्था कम्जोर भएकाले उपचार भएको छैन ।
वन्दावन्दीले गर्दा चितवन लगेर पनि उपचार नगरेरै फरकाइयो अहिले घरको काम गर्नु भन्दा छोराका स्याहार सुसारमा समय जान्छ एक्लै छाड्न मिल्दैन पिमलीले भन्नुभयो । उपचारका लागि सुर्खेत ,नेपालगञ्ज उपचारका लागि लगिएको र चार लाख रकम खर्च भएको वताउनुभयो ।
बुबा आइते रानाले कतैबाट सानो सहयोग मिलेमा छोरालाई उपचार गर्न अस्पताल लैजाने वताउनुभयो । उहाले सवैलाई सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?