logo
२०८१ बैशाख ४ मंगलवार



काठमाडौं उपत्यकामा ७२४ सहित वागमतीमा ८०६ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ७२४ सहित वागमतीमा ८०६ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १० गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७२४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ७२४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १९९ महिला र ३८४ पुरुष, ललितपुरमा २७ महिला र ४१ पुरुष तथा भक्तपुरमा २८ महिला र ३५ पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, राजधानी काठमाडौं र उपत्यकासहितका तीन जिल्ला सम्मिलित वागमती प्रदेशमा ८०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार २०७ जना थपिएकोमा दुई तिहाइ सङ्क्रमित वागमती प्रदेशकै छन् ।
देशैभरि उपत्यका अतिरिक्त वागमती प्रदेशका मकवानपुर काभ्रेप्लानचोकमा सबैभन्दा बढी १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सिन्धुलीमा १५ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?