logo
२०८१ बैशाख ८ शनिवार



तिनाउ नदीमा बाढीले पानीको बहाव बढ्यो, बस्ती जोखिममा

प्रदेश |


तिनाउ नदीमा बाढीले पानीको बहाव बढ्यो, बस्ती जोखिममा


दीपक ज्ञवाली
बुटवल, असोज ८ गते । अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसंगै आसपासका क्षेत्रमा उच्च जोखिम बढेको छ ।
बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेकोे हो ।
बाढीले अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केहीभाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनालले बताउनुभयो ।
नदी आसपासका वस्तीमा जोखीम बढेकाले पानी नरोकिए आसपासका केही वस्ती सार्नुपर्ने उहाले बताउनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले तिनाउ स्थलगत अनुगमन गरेको छ ।
बाढी सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ ।
साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका वासन्दालाई सुरक्षीत हुन सूचना प्रवाह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?