logo
२०८० चैत्र १५ बिहीवार



पन्ध्र घण्टापछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन

प्रदेश |


पन्ध्र घण्टापछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन
फाइल तस्बिर


नवीन शिशिर विक

बागलुङ, असोज ६ गते । विगत पन्ध्र घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

ल्लेरिबाट झरेको पहिरोले सोमबार साँझदेखि मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध थियो ।

पहिरोले मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जितबहादुर विक धनबहादुर घर्ती र धनबहादुर थापाको घर क्षति भएका छन । घर क्षति भएसँगै ४ परिवार नै विस्थापित भएको वडाध्क्ष ढालप्रसाद सेरचनले जानकारी दिनुभयो ।

पहिरोले पोलसहित तार पनि बगाएकोले स्थानिय लघुजल विद्युत अवरुद्ध छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकी बगाउँदा खानेपानी पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक खुलेपछि बडिगार्ड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकादेखि देशका विभिन्न भागमा छुट्ने लामो तथा छोटो दूरीका सवारी चल्न थालेका छन ।

१ हजार ७ सय ७६ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सबैभन्दा बढीं १ सय ३७ किलमिटर सडकखण्ड बागलुङमा पर्छ । बाटो अवरुद्ध भएपछि ढोरपाटन, तमान, निसी र बडिगार्डबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी रोकिएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?