logo
२०८१ बैशाख ४ मंगलवार



पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, पाँच परिवार विस्थापित

प्रदेश |


पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, पाँच परिवार विस्थापित


नवीन शिशिर विक
बागलुङ, असोज ५ गते । बागलुङको बडिगाड गाउँपालिका–२ राक्सेमा पहिरो जाँदा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाको कारण दगातुन डाँडाको जिमीबाट खसेको पहिरोले खर्वाङ्गदेखि न्वारासम्मको सडक खण्ड पूर्णरुपमा अवरुद्ध गरेको हो । उक्त पहिरो पन्छाउन करिब ५ देखि ६ घण्टा समय लाग्ने बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष ढालप्रसाद सेरचनले जानकारी दिनुभयो ।
सोमबार साँझ खसेको पहिरोले स्थानीय दुर्गा अर्याल, जितबहादुर विक, विरबहादुर घर्ती, धनबहादुर थापा र गोविन्द अघिकारीको घरमा क्षति गरेको छ । पहिराले घरको पाली, गारो तथा छानोको भाग भत्काए पछि पाँच परिवार विस्थापित भएका छन् ।
रातको समयमा पानी परेको खण्डमा थप क्षति हुने भए पछि उनीहरु आफन्तको घरमा बसेको वडाध्यक्ष सेरचनले बताउनुभयो । लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको लागि छुटेका सवारी बिचबाटोबाटै फिर्ता भएका छन् ।
पहिरो मंगलबार विहान गाउँपालिकाको डोजर प्रयोग गरेर पन्छाउने बताइएको छ । सोमबार राती परेको र पहिरो जाने क्रमन नरोकिएको हुँदा यथास्थितिमा छोडिएको छ ।
एक हजार ७७६ किलो मिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १३७ किलो मिटर सडक खण्ड बागलुङमा पर्छ । बाटो अवरुद्ध भए पछि ढोरपाटन, तमान, निसी र बडिगार्डबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी रोकिएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?