logo
२०८१ बैशाख ७ शुक्रवार



विज्ञान र प्रविधिमा नेपाल

विचार/दृष्टिकोण |


विज्ञान र प्रविधिमा नेपाल


डा. सुनीलबाबु श्रेष्ठ

मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको प्रमुख संवाहक शक्तिका रूपमा विज्ञान र प्रविधिलाई लिइनुपर्छ । त्यसैले यो क्षेत्रको विकासमा सहयोग पु¥याउने र जनचेतना बढाउने उद्देश्यले सरकारले २०७० सालदेखि असोज १ गतेलाई ‘राष्ट्रिय विज्ञान दिवस’का रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नारा तय गरिएको छ ।
राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीतिले उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्न विज्ञान, प्रविधि र नव प्रवर्तनको उपयोग गर्ने उद्देश्य लिएको छ । पन्ध्राँै योजनाले पनि समाजमा वैज्ञानिक संस्कारको विकास गरी उत्पादन प्रविधिमा नव प्रवर्तनलाई आबद्ध गर्दै मुलुकको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । यस्तै, देशको वैज्ञानिक अनुसन्धानको सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ‘समाजका लागि विज्ञान र समृद्धिका लागि नव प्रवर्तन’को विचारका साथै अघि बढिरहेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को कुल बजेट १४ खर्ब ७५ अर्बमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक खर्ब ७२ अर्ब (११.६७ प्रतिशत) पाएको छ । नेपालको एकमात्र विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्चतम स्वायत्त संस्था नास्टले भने तालुक मन्त्रालयले पाएको बजेटमा करिब ०.२२ प्रतिशत पाएको छ । यो क्षेत्रमा नेपालको कुल गार्हस्थ उत्पादनको ०.३५ प्रतिशत लगानी भएको छ । जब कि जापानमा कुल गार्हस्थ उत्पादनको ३.४ प्रतिशत, कोरियामा ४.३ प्रतिशत लगानी छ । छिमेकी मुलुक भारतमा अनुसन्धान र विकासमा भएको खर्च कुल गार्हस्थ उत्पादनको ०.७ प्रतिशत छ भने चीनको दुई प्रतिशत छ । यसरी हेर्दा नेपालमा यो क्षेत्रमा भएको लगानी न्यून देखिन्छ । यसको क्रमशः वृद्धि गरी कम्तीमा दुई प्रतिशतसम्म पु¥याउन आवश्यक छ । तर, खर्च गर्ने क्षमता पनि वृद्धि गर्न सक्नुपर्छ ।
विज्ञान प्रविधि क्षेत्रमा लगानीको कुरा गर्दा बजारसँग प्रत्यक्ष जोडिने निजी क्षेत्रको भूमिका महŒवपूर्ण हुन्छ । निजी क्षेत्रको लगानी विज्ञान, प्रविधि क्षेत्रमा अनुसन्धान र विकासमा हुन जरुरी छ । फेरि नेपालमा यो क्षेत्रमा निजी क्षेत्रको लगानी कति छ भन्ने पनि स्पष्ट छैन । जापानमा विज्ञान र प्रविधि क्षेत्रमा भएको लगानीको ८० प्रतिशत निजी क्षेत्रबाटै हुन्छ । हामीले पनि निजी क्षेत्रको लगानी यो क्षेत्रमा बढाउने वातावरण बनाउन सक्नुपर्छ ।
सरकारका विभिन्न मन्त्रालयले यो क्षेत्रमा आ–आफ्नो तरिकाले खर्च गरिरहेका छन् । यसरी खर्च गर्नुभन्दा समग्र क्षेत्रलाई उपयोग हुनेगरी एउटा विज्ञान, प्रविधि तथा नव प्रवर्तन कोषको स्थापना गरेर खर्च गर्दा प्रभावकारी र व्यवस्थित हुन्छ । प्रत्येक वर्ष बजेट बनाउँदा विज्ञान, प्रविधि, नव प्रवर्तन, अध्ययन, अनुसन्धान र विकासमा हुने खर्चलाई बजेट ‘कोडिङ’को व्यवस्था गर्न सके यो क्षेत्रमा कति बजेट विनियोजन भयो भन्ने सहजै चाल पाउन सकिन्छ । खर्च भएको बजेटबाट कति उपलब्धि भयो यकिनसाथ भन्न पनि सकिन्छ ।
नेपालको यो क्षेत्रमा हाल ९० हजार जनशक्ति रहेको अनुमान छ । तर, यो तथ्याङ्कलाई आधिकारिक मान्न सकिँदैन । रोजगार र बेरोजगार जनशक्तिको अवस्था कस्तो छ, कसैलाई थाहा छैन । जनशक्तिको तथ्याङ्क राख्ने जिम्मेवार निकाय हुनुपर्ने हो तर अहिलेसम्म कसैले यसबारे चासो लिएको छैन । प्रक्षेपणअनुसारको आवश्यक जनशक्ति उत्पादन, प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रम लागू हुन सकेका छैनन् । यस क्षेत्रका वैज्ञानिक र प्राविधिकको पनि अध्ययन, अनुसन्धान र विकासका आफ्ना गतिविधिलाई परिणाममुखी बनाई जनताको आवश्यकता परिपूर्ति गर्नेतर्फ ध्यान पुग्न सकेको छैन । वैज्ञानिक लेख, पुस्तकले आफ्नो ठाउँमा महŒव राख्छ ।
समाजले भोगेका समस्याको समाधान दिन सक्ने वैज्ञानिक र प्राविधिकको महŒव सबभन्दा ठूलो हुन्छ । ‘ल्याब’ (प्रयोगशाला)मा गरेका अनुसन्धानका उपलब्धि ‘ल्यान्ड’ (मैदान, व्यवहार)मा रूपान्तरण भएमा जनतालाई प्रत्यक्ष फाइदा पुग्छ । देशलाई आज जागिर खाने प्रवृत्ति भएका वैज्ञानिक र प्राविधिकभन्दा पनि उद्यमशील सोच भएका वैज्ञानिक जनशक्तिको खाँचो छ । यो खाँचो परिपूर्तिका लागि आवश्यक वातावरण सिर्जना गर्न सम्बन्धित सबै निकायको ध्यान आकृष्ट हुनुपर्छ ।
विज्ञान प्रविधिको जग भनेको विद्यालय हो । विद्यालयमा विज्ञान पढाइ स्तरीय भएन, विज्ञान शिक्षाका लागि आवश्यक प्रयोगशालाजस्ता पूर्वाधारको व्यवस्था पर्याप्त भएन, सिकाउने दक्ष र पर्याप्त शिक्षक, शिक्षिका भएन भने विज्ञान प्रविधिको जग नै कमजोर भई विद्यार्थीले राम्रो विज्ञान शिक्षा प्राप्त गर्न सक्दैनन् । अनि विज्ञान प्रविधि विषयमा उच्च शिक्षा लिन नसक्ने, लिए पनि उत्कृष्ट नतिजा प्राप्त गर्न नसक्ने हुन्छन् । त्यसैले विज्ञान शिक्षाको जग नै बलियो बनाउन विशेष ध्यान दिनुपर्छ । युवा वैज्ञानिक र प्राविधिकलाई विद्यालय र स्थानीय तहसम्म आबद्ध गरी राष्ट्रसेवामा जोडिने बाटो तय गर्नुपर्छ ।
महिलाको सहभागिताचाहिँ यो क्षेत्रमा विश्वमा नै कमजोर छ । नेपालमा त झनै विचारणीय अवस्था छ । यो क्षेत्रमा महिला जनशक्तिको हिस्सा करिब आठदेखि १० प्रतिशत भएको अनुमान छ । त्यसैले कम्तीमा एकतिहाइ महिलाको सहभागिता यो क्षेत्रमा पु¥याउन शैक्षिक रणनीति अघि सार्नुका साथै प्रशिक्षणसमेत दिएर क्षमता अभिवृद्धि गर्नुपर्छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने देशभित्रका विभिन्न प्राज्ञिक सङ्घ संस्था, सरकारी निकाय र गैरसरकारी संस्थाहरूमा कार्यरत र देशबाहिरका जनशक्तिलाई एकीकृत गरी उनीहरूका ज्ञान, सीप र अनुभव मुलुकका लागि उपयोग गर्ने अभियान सुरु गर्नु जरुरी छ । यसका लागि नास्टले सुरु गरेको ‘ब्रेन पुलिङ’ नेपाल कार्यक्रम उपयोगी हुन सक्छ । यस्तै, वैज्ञानिक र प्राविधिकहरूले हासिल गरेका सूचना, ज्ञान, विचार र उपलब्धि जनतासमक्ष राम्ररी पु¥याउन सके जनता र वैज्ञानिकको सम्बन्ध बलियो हुन्छ । जनताको आर्थिक विकासमा मात्र होइन, स्वास्थ्य र गुणस्तरीय जीवनमा पनि योगदान पुग्न जान्छ ।
यस्तै यस क्षेत्रको विकासका लागि सरकारी निकाय, स्वायत्त संस्था, विश्वविद्यालय, अनुसन्धान परिषद्, अनुसन्धान केन्द्र, निजी क्षेत्रका संस्थाले काम गरिरहेका छन् । तर, यी संस्थाको समष्टिगत उपलब्धिको विवेचना गर्ने र नियमित कार्यको समीक्षा एकैठाउँमा नहुँदा काममा दोहोरोपन आउने सम्भावना छ । समन्वय र सहकार्यको संस्कार पनि बलियो हुन सकेको छैन । यसमा सुधार आवश्यक छ । अनि विज्ञान, प्रविधि र नव प्रवर्तन क्षेत्रमा सरकारलाई विषयगत रूपमा आवश्यक तथ्याङ्क सङ्कलन, विश्लेषण एवम् व्यवस्थापन गर्दै सरकार र जनतामा आवश्यकताअनुसार उपयुक्त सूचना प्रवाह गर्ने, ज्ञान सिर्जना गर्ने र सरकारलाई सो विषयमा सल्लाह र सुझाव दिनुपर्ने देखिन्छ । यसका लागि सरकारी र निजी क्षेत्रका सङ्घ संस्थाको सहकार्यमा राष्ट्रिय विज्ञान, प्रविधि र नव प्रवर्तन ज्ञान केन्द्र स्थापना गर्नुपर्छ । यसो हुँदा विषयगत तथ्याङ्क पनि उपलब्ध हुन सक्छ र सरकारले यसप्रकारको केन्द्रबाट उपयुक्त सुझाव र कार्ययोजनाहरू पनि प्राप्त गर्न सक्छ ।
नेपाल परम्परागत मौलिक ज्ञान, सीप र प्रविधिमा अति नै धनी राष्ट्र हो । तर, यसतर्फ उचित ध्यान पु¥याउन नसक्दा यसको जगेर्ना र क्रमिक सुधार हुन सकेको छैन । बरु उल्टै हाम्रा ज्ञान, सीप र प्रविधि बिस्तारै उपयोगहीन बन्दै गएका छन् । केही लोप भइसकेका छन् । केही लोप हुने अवस्थामा पुगेका छन् । यस्ता मौलिक ज्ञान, सीप र प्रविधिलाई आधुनिक ज्ञानमार्फत संरक्षण र प्रवद्र्धनमात्र होइन, व्यावहारिक प्रयोगमा बढोत्तरी र पहिचानयुक्त बनाउन पनि ध्यान दिनुपर्छ ।
कोभिडविरुद्धको औषधि र खोपको पर्खाइमा अहिले विश्व छ । यो पर्खाइले पनि विज्ञान र प्रविधिको महŒव कति छ भनेर उजागर गर्छ ।
विज्ञान र प्रविधिको कुनै सीमा हुँदैन । राजनीतिक सम्बन्ध सुमधुर नहुँदा पनि भिन्न मुलुकका वैज्ञानिकबीच सहकार्य हुन सक्छ । यही सहकार्यबाट सम्बन्धमा सुधार आई पुनः द्विपक्षीय सम्बन्धले निकटता पाएका कैयौँ उदाहरण छन् । दोस्रो विश्वयुद्धपछि जापान र अमेरिकाबीचको संवादहीन सम्बन्धलाई विज्ञान कूटनीतिमार्फत हल गरिएको थियो । हाम्रोजस्तो विकासोन्मुख र आर्थिक अवस्था कमजोर भएको राष्ट्रले विज्ञान कूटनीतिलाई त अझ महŒव दिनुपर्छ । भूकम्पीय जोखिम, जलवायु परिवर्तनको जोखिम भएको हाम्रो देशले वैज्ञानिक कूटनीतिमार्फत यसखालका समस्यामा विश्वका ठुल्ठूला वैज्ञानिकको सहयोग लिन सक्छ । तसर्थ, विज्ञान कूटनीतिलाई पनि हाम्रो परराष्ट्र नीतिमा महŒवपूर्ण अङ्गका रूपमा हेर्न जरुरत छ ।
नेपालले विक्रम संवत् २०८७ सम्म दिगो विकास लक्ष्य पूरा गर्न र विसं २१०० सम्ममा समुन्नत राष्ट्रमा स्तरोन्नति हुन आगामी वर्षलाई विज्ञान, प्रविधि र नव प्रवर्तन वर्ष (एसटीआई इयर)का रूपमा मनाउनुपर्छ । अनि मात्र विज्ञान, प्रविधि र नव प्रवर्तनले व्यापकता पाउँछ र राष्ट्रले लिएको सुखी नेपाली र समृद्ध नेपालको चाहना पूरा हुन सक्छ ।
हालै प्रकाशित ग्लोबल इनोभेसन इन्डेक्स–२०२० मा नेपाल गत वर्षको १०९औँबाट स्तरोन्नति भई ९५औँ स्थानमा आएको छ । यो स्तरोन्नतिले पनि हामी सबैलाई उत्साहित बनाएको छ । कम आय भएको मुलुकको समूहमा हाम्रो स्थान तेस्रो भएको छ ।
आज राष्ट्रिय विज्ञान दिवस मनाइरहँदा यो दिवस नारामा मात्र सीमित हुनुहुँदैन । प्रत्येक वर्ष मनाइने राष्ट्रिय विज्ञान दिवसले विज्ञान प्रविधिको महŒव उजागर गर्नेमात्र होइन, वर्षभरि के–कस्ता काम भए, उपलब्धि के भयो र समस्या के–कस्ता देखापरे, अपनाइएका समाधानका उपायबारे छलफल गरी आगामी दिनको रणनीति तय गर्ने दिनका रूपमा पनि मनाउनुपर्छ । मनाउनेभन्दा पनि उपलब्धिबाट मनोबल उच्च बनाउने वातावरण तयार पार्नुपर्छ ।
(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?