logo
२०८१ बैशाख १३ बिहीवार



श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

प्रदेश |
फिचर |


श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
विशाक्त खाना खाएर विरामी परेकाहरुको उपचार गरिदैं ।


अविनाष चौधरी
धनगढी, भदौ ३१ गते । श्राद्धमा विषाक्त खाना खाँदा कैलालीमा एक व्यक्तिको ज्यान गएको छ भने २८ जना बिरामी परेका छन् १५ जना अस्पताल भर्ना गरिएकाे छ। गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी परेका १८ वर्षीय सुरेन्द्र बोहराको ज्यान गएको हो । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जनाइएको छ ।
भदौ २८ गते श्राद्धको खाना खाएर बिरामी परेका बोहरालाई मङ्गलबार साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । श्राद्धमा खाना खाएका सबै जना बिरामी परेको बताइएको छ ।
बिरामी परेका सबैलाई तत्कालै अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई मङ्गलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा र माया मेट्रो अस्पतालमा ल्याइएको छ । तीनवटै अस्पतालमा गरेर १५ जनाको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बिरामी परेका व्यक्तिहरुलाई हैजाको लक्षण देखिएको सेती प्रादेशिक अस्पतालका कनसल्ट्यान्ट फिजिशियन डा. निरञ्जनदत्त शर्माले जानकारी दिनुभयो । उहाँले खीर, तरकारी, अचार र खानाका कारण झाडा पखाला तथा पेटको समस्या देखिएको उल्लेख गर्नुभयो । झाडा पखालाका कारण शरीरमा सुख्खापन भएपछि बिरामीहरुको मृगौलामा असर परेको डा. शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?