logo
२०८१ बैशाख ८ शनिवार



पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता

प्रदेश |


पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता


चित्र मिजार
सिन्धुपाल्चोक, भदौ २८गते । गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।
भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ । थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताउनुभयो । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् । सभामुख अग्नी सापकाेटा स्थलमार्गबाट अहिले घटनास्थल तर्फ काठमाडाैंबाट प्रस्थान गर्नु भएकाे पत्रकार श्रीधर न्याैपानेले जानकारी दिनभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?