logo
२०८१ बैशाख ११ मंगलवार

  लयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण  



कारोनाकाे त्रासबीच पनि काम रोकिएन, ६३ प्रतिशत सम्पन्न

प्रदेश |
पर्यटन |


कारोनाकाे त्रासबीच पनि काम रोकिएन, ६३ प्रतिशत सम्पन्न


तारा चापागाई
पोखरा भदौ २६ गते । कोभिड– १९ का कारण पोखरामा निमार्ण भइरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको कामलाइ खासै असर गरेन् । लकडाउनको समयमा पनि काम निरन्तर नै हुदै आएको छ । अब भने चीनबाट आउने दुई सय जान मजदुरहरु छिटै ल्याउन नसके समयमा नसकिने भन्दै चिन्ता बढेको विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो ।


पोखरा १४ मा ०७३ साल बैशाख १ गते शिलान्यास गरिएको भए पनि विमानस्थल निमार्णको काम ०७४ साउन १८ गतेवाट सुरु गरिएको थियो । चीन सरकारको सहुलियत क्रणमा निमार्ण भइरहेको विमानस्थलको लागि चीनको एक्जिम बैंकले आबश्यक २१ करोड७० लाख अमेरिकी डलर अर्थात नेपाली करिव २२ अर्ब क्रण उपलब्ध गराएको हो । विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङ पाएको थियो । सरकारले २०७१ जेठ ८ म सीएएमसीसँग ठेक्का सम्झौता गरेको थियो । ४५ मिटर चौडाइ र दुई हजार ५ सय मिटर लामो रनवे रहने विमानस्थल निर्माण पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरह का जहाज आउजाउ गर्न सक्ने छन । ति विमान १४० देखी १८० जना क्षमताका हुनेछन् ।


मुनकर्मीका अनुसार विमानस्थल भित्र सम्पुर्ण सुरक्षा र स्वाथ्यका विधि अपनाएर काम गरेकोले कोरोनाको त्रास नभएको जानकारी दिनुभयो । अहिले विमानस्थलको गाडी गुड्ने रोड, मुख्य रोड र ट्रर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ भने कार पार्किङ, रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, लाइटिङ र केबलको कामहरु सकिएको छ । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । मेकानिकल, इलेक्ट्रिकल कामहरु चलिरहेका छन् । त्यसैगरि १४ वटा बिल्डिङको हकमा बिल्डिङको स्ट्रक्चर सकेर फनिसिङको काम सकिएको छ भने तीन वटा बिल्डिङको काम भइरहेको छ । यो सगै हालसम्म विमानस्थलको निर्माण कार्य ६३ प्रतिशत सकिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?