logo
२०८१ बैशाख १२ बुधवार



प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

प्रदेश |


प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि


नवराज कट्टेल
विराटनगर, भदौ २३ गते । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य समस्या देखिएपछि सोमबार स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डिआईजी कार्कीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
लक्षण छैन, संक्रमण पुष्टि भएको छ, डिआईजी कार्कीले भन्नुभयो–सावधानीसहित आईसोलेशनमा बसेको छु । प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २२० जना कोरोना जितेर डिस्चार्ज भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?