logo
२०८१ बैशाख ८ शनिवार



पर्सामा थप ६९ जना कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


पर्सामा थप ६९ जना कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १८ गते । पर्सामा थप ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणको राति अबेर आएको रिपार्टमा पर्साका थप ६९ जना कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।  

डा. चौरसियाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएका ५७६ स्वाब परीक्षणमा पर्साका ६९ जना र बाराका २४ जना र रौतहटका १७ जनासहित ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका ६९ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ४९ जना, बहुदरमाई नगरपालिकाका पाँच जना, पर्सागढी नगरपालिका सात जना, पोखरिया नगरपालिका चार जना र कालिकामाई गाउँपालिकामा चार जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकामा थपिएका ४९ जनामा वडा नं. १३ का सात जना, वडा नं. ११, २१ का चार/चार जना, वडा नं. १० का तीन जना, वडा नं. १५, १६, १७ का दुइ/दुइ जना, वडानं. ४, १२, १८ का एक/एक जनालगायत रहेका छन् ।

त्यस्तै पर्सामा थपिएका अन्य सङ्क्रमितमा बहुदरमाई नगरपालिका वडा नं. ४ र ५ का गरी पाँच जना, पर्सागढी नगरपालिकाका वडा नं. ४ र ८ का गरी सात जना, पोखरीया नगरपालिका वडा नं. ४ र १० का गरी चार जना र कालिकामाई गाउँपालिका वडा नं. २ का चार जना रहेका छन् ।

भाद्र १७ गते ६९ जना थपिए पनि सोही दिन पर्साको विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १०१ जना कोरोना सङ्क्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय, पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो । पछिल्लो केही दिनयता सङ्क्रमित हुनेभन्दा निको भएर सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको छ । पछिल्ला आठ दिनमा ४७८ जना सङ्क्रमणमुक्त भएका छन् भने सोही अवधिमा २८३ जना सङ्क्रमित थपिएका छन् ।

बुधबार थपिएका ६९ जना सङ्क्रमितसहित पर्सामा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार ३४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जसमध्ये ८५६ जना कोरोनामुक्त भइसकेका छन् भने ३९ जनाको ज्यान गइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?