logo
२०८१ बैशाख ८ शनिवार



गण्डकीका प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण

प्रदेश |


गण्डकीका प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण


तारा चापागाईं 
पोखरा, भाद्र १८ गते । गण्डकी प्रदेश सभाका एक जना सदस्यलाई कोरोना पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब सङ्कलन गरिएकोमा क्षेत्रीय रोग परीक्षण केन्द्रमा गरिएको परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभएको छ ।
केही समयअघि प्रहरीसँगकाे सम्पर्कमा रहेका उहाँले प्रहरीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सांसदमा कोरोना पुष्टि भएको हो ।
उहाँ अहिले पोखरास्थित आफ्नै डेरामा हुनुहुन्छ । उहाँले बुधबार सामाजिक विकासमन्त्री नरदेवी पुनसँग भेटनुभएको थियो । मुख्यमन्त्रीसँग भेट गर्न जानुभएकोमा व्यस्तताका कारण समय मिलेको थिएन ।
प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले सङ्क्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरूको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?