logo
२०८१ बैशाख ७ शुक्रवार



सवारी आउजाउमा कडाइ गरिएसँगै पृथ्वी राजमार्ग सुनसान

प्रदेश |


सवारी आउजाउमा कडाइ गरिएसँगै पृथ्वी राजमार्ग सुनसान


मुरारी अधिकारी
धादिङ, साउन ३२ गते । सधैँ गाडीको चाप हुने पृथ्वी राजमार्ग हिजोआज सुनसान छ । ६९ जिल्ला ओहोरदोहोरको मार्ग पृथ्वी राजमार्गमा फाट्टफुट्ट मात्र गाडीहरू देखिन्छन् । एम्बुलेन्स, खाद्यान्न ढुवानी र अत्यावश्यक कामले हिँडेका गाडीहरू मात्र सडकमा देखिन्छन् ।
काठमाडौँ उपत्यका र आसपासका जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या बढेसँगै उपत्यका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएपछि राजमार्ग क्षेत्र सुनसान भएको हो ।
लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायातहरूले पनि दैनिक रुपमा उपत्यका जाने यात्रु बाेक्ने र अन्य जिल्लाहरूबाट पनि सवारी पास लिएर धमाधम आउन थाले पछि काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्गमा पूरै निषेधाज्ञा जारी गरिएको निमित्त प्रजिअ रुद्र मल्लले जानकारी दिनुभएको छ ।
जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार मालवाहक र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको छ । साउन २९ गते बिहान ६ बजेबाट काठमाडाैँ सिमाना पिप्लामोडदेखि चितवन सीमाना मौवाखोलासम्म निषेधाज्ञा जारी गरिदिएको छ ।
गृह मन्त्रालयले समेत अनुमोदन गरेको उक्त निर्णयमा उपत्यका प्रवेशको मुख्यनाका नागढुङ्गा हुँदै काठमाडौँ प्रेश गर्न र बाहिरिन सवारी साधनमा प्रतिबन्ध लगाएको छ । अर्को आदेश नभएसम्मको लागि त्रिभुवन राजपथको पिपलामोडदेखि पृथ्वी राजमार्गको मौवा खोलासम्म सङ्क्रमण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार निशेधाज्ञा गर्ने निर्णय भएको निमित्त प्रजिअ मल्ले बताउनुभयो । अत्यावश्यकीय मालबाहक गाडी र एम्बुलेन्सबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक्ने जिल्ला सुरक्षा समितिको धादिङले निर्णय गरेको छ ।
करिब तीन महिना पूर्ण रुपले बन्द गरेका पृथ्वी राजमार्गका होटल रेष्टुरेण्टहरू लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आउनथालेका थिए । बुधबारको निर्णयले स्थानीय प्रहरीले राजमार्गका सबै होटल पसलहरू अहिले बन्द छन् । ‘चैतको शुरुवाती चरणको लकडाउनभन्दा झनै कडा गरिएको छ र धेरै सवारी साधनहरू प्रवेशलाई पूर्ण रोक लगाइएको गजुरीस्थित ईलाका प्रहरीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।
धादिङ सदरमुकाम प्रवेशमा पनि कडाइ गर्दै पृथ्वी राजमार्गको मुख्यदार मलेखु पुल, बुँगचुँग र पुछार बजारमा प्रहरी तैनाथ गरी प्रवेशमा कडाइ गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?