logo
२०७७ कार्तिक ४ मंगलवार

रकम असुलेको आरोपमा पक्राउ

प्रदेश |


2020-08-15-20531


कैलाली, साउन ३१ गते । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?