logo
२०८० चैत्र १६ शुक्रवार

सिन्धुपाल्चाेक पहिराे अपडेट 



आठ जनाको शव फेला, ३१ अझै बेपत्ता

प्रदेश |


आठ जनाको शव फेला, ३१ अझै बेपत्ता


विदुर आचार्य
चौतारा, साउन ३० गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका–२, लिदीमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परे पनि सनाखत भने सात जनाको मात्र भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफलेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् ।
‘पुरिएको अवस्थामा आठ वटा शव भेटिएको छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । पहिरोले घर पुरेको छ । पहिरोले लिदी गाउँका ३७ घरमा क्षति पुगेको छ ।
पहिरोमा परी घाइते भएका एक जनाकाे काठमाडौँमा उपचार भइरहेकाे छ भने अरुकाे सदरमुकाम चौतारामा उपचार भइरहेकाे छ । पहिरोमा परी नौ जना घाइते भएका छन् । आठ जनाको शव फेला परे पनि प्रहरीले सनाखत गरेको छैन ।

गृहमन्त्री र सभामुख घटनास्थलमा
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गहृमन्त्री रामबहादुर थापाले गहिरोको स्थलगत अनुगमन गर्नुभएको छ । सभामुख सापकोटाले आफू आएको हेलिकप्टरबाट घाइतेको उद्धारसमेत गर्नुभयो । गृहमन्त्री थापा दिउँसो ३ः३० मा राहत तथा उद्धारका सामग्रीसहित घटनास्थल पुग्नुभएको हो ।

याे पनि पढ्नुहाेस्

पाँच जनाको शव निकालियाे, हराएकाको सूचीसहित

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?