logo
२०८० चैत्र १५ बिहीवार



शुक्रबार दोहाबाट २६३ जना नेपाली स्वदेश फर्किए

खुला |


शुक्रबार दोहाबाट २६३ जना नेपाली स्वदेश फर्किए
फाइल तस्विर


गोरखापत्र अनलाइन 

काठमाडौँ, साउन, ३० गते । विदेशबाट नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । यसै गरी आज (शुक्रबार) नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २६३ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड-१९ बाट समस्यामा परेका तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीले दूतावासमा नेपाल फर्कने फारम भरेर स्वदेश फर्किएका हुन् ।
साथै विभिन्न माध्यमबाट आफ्नो विवरण दर्ता गराउने क्रम दूतावासमा जारी छ ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार स्वदेश ल्याउने गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

आज नेपाल फर्किने नेपालीहरूलाई यात्रा सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?