logo
२०८१ बैशाख १३ बिहीवार

  कालिकोट पहिरो अपडेट  



विष्ट दम्पतीले चार छोराछोरी गुमाए, छिमेकीका दुई छोरीको पनि मृत्यु

प्रदेश |


विष्ट दम्पतीले चार छोराछोरी गुमाए, छिमेकीका दुई छोरीको पनि मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३० गते । कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं. ३ को नकु गाउँमा गएराति गएको पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ । स्थानीय रोजबहादुर विष्टको घर भत्किँदा उहाँका दुई जना छोरा १३ वर्षका पुष्प विष्ट र वर्ष ११ का प्रवीण विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्याम ओलियाले बताउनुभयो । त्यस्तै उहाँका छोरीहरू वर्ष १८ की सविना तथा वर्ष १५ की आशा विष्टको मृत्यु भएको छ । सोही घटना रोजबहादुर र उहाँकी श्रीमती बाँच्न सफल भए पनि छिमेकी डिलबहादुर विष्टका छोरीहरू वर्ष १९ की शान्ति विष्ट र वर्ष १० की रेखा विष्टको मृत्यु भएको छ ।
हाल घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको डिएसप ओलियाले टेलिफोनमा जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?