logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
तस्विर–फाइल


जेनेभा, स्वीट्जरल्याण्ड, साउन २७ गते। विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघेको छ । विश्व स्वास्थ्य ९डब्लुएचओ० ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३९ हजार २१२ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरीमा एक करोड ३१ लाख ९० हजार ५१६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख २९ हजार ८३६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४४६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४८ लाख २६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख ८२ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । दुई लाख ३६ हजार २२७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ६४ हजार ७२१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार ४०५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ११ हजार २५३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ६४३ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?