logo
२०८० चैत्र १६ शुक्रवार



तालिबानहरू अफगान सरकारसँग वार्ताका लागि तयार

अन्तर्राष्ट्रिय |


तालिबानहरू अफगान सरकारसँग वार्ताका लागि तयार


काबुल, साउन २६ गते।
अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकुहरूको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ । उनीहरूका बन्दीहरूलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरू यसै हप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन् ।
उनलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले भनेको छ कि सरकारले रिहा गर्नै भनेका तालिबानीहरूका बन्दीहरूलाई सरकारले रिहा गरिदिएमा उनीहरू वार्तामा बस्न तयार छन् र उनीहरू यसै हप्ता पनि वार्तामा बस्न तयार रहेका हुन् । अफगानिस्तानको सरकारसँग अब हुने पहिलो चरणको वार्तामा उनीहरूको तर्फबाट यसअघि भएको वार्ताका प्रमुख सहयोगकर्ता अबास स्टानिकजाले नेतृत्व गर्ने जानकारी पनि तालिबानीहरूले दिएका छन् । अब्बास तालिबानीका तर्फबाट यसअघि अमेरिकासँग भएको वार्ताका सहयोगकर्ता पनि हुन् ।
यसअघि हालैमात्र अफगानिस्तानको लोया जिर्गाले अफगानिस्तानको सरकारी जेलमा रहेका ४०० जना तालिबानलाई रिहा गर्ने सम्बन्धी सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । सरकारको यस निर्णयसँगै अफगानिस्तानमा तालिबानहरूको समूहले सरकारसँग वार्ता गर्ने सहमति जनाएको हो । यसअघि केही महिना अघि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो ।
केही महिनाअघि कतारको राजधानी दोहामा भएको अमेरिका, अफगानिस्तान र तालिबानबीच त्रिपक्षीय वार्ता भएको थियो । त्यस वार्तामा भएको सहमति बमोजिम अफगान सरकारले आफ्ना बन्दी रिहा गरेकोले तालिबानीहरू सरकारसँग वार्तामा बस्न तयार भएको समाचारमा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?