logo
२०८० चैत्र १५ बिहीवार



टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्त्वपूर्ण कुरा होइनः विज्ञहरू

अन्तर्राष्ट्रिय |


टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्त्वपूर्ण कुरा होइनः विज्ञहरू
तस्विर–फाइल


वासिङ्टन, साउन २४ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरूले यो कुरा महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र हस्ताक्षर गर्नुभएको थियो । त्यसको एक दिनपछि अमेरिकी विज्ञहरूबाट यो प्रतिक्रिया आएको हो ।
अमेरिकी सरकारले लगाएको यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो कुराको जानकारी गराएका हुन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि भन्दै यो प्रतिबन्ध अघि सार्नुभएको बताइएको थियो । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको कम्पनीका पनि सबै कारोबारमा नै प्रतिबन्ध लाग्ने बताइएको छ ।
यी एप्स्हरूले अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति र अमेरिकाको अर्थतन्त्रमा नै यी दुई कम्पनीका एप्सहरूले असर पार्न सक्ने देखेर यो प्रतिबन्ध लगाएको बताइएको थियो । यी एप्स्हरूले सङ्कलन गरिरहेका तथ्याङ्कहरूले अमेरिका नागरिकहरूको गोपनीयताको हकको उल्लङ्घन भएको पाइएको पनि राष्ट्रपति ट्रम्पको आरोप छ ।
तर पनि अमेरिकाका साइबर क्राइम सम्बन्धका विज्ञहरूले यी एप्सहरूको प्रतिबन्धले अमेरिकाका नागरिकको तथ्याङ्क सङ्कलनको काम रोक्न त्यति ठूलो सहयोग नपुर्याउने बताएका छन् । उनीहरूले अहिले अमेरिकीहरूले देखेको अमेरिकी साइबर सुरक्षाको खाँचोका लागि खासै ठूलो सहयोग नपुर्याउने बताएका छन् । बरु यो विच्याटमाथिको प्रतिबन्धले अमेरिकीहरूलाई सञ्चार गर्ने काममा असजिलो बनाएको बताएका छन् ।
उनीहरूले भनेका छन् कि यो प्रतिबन्धले अमेरिकाले भने जस्तो यहाँका नागरिकको गोपनीयताको हनन् हुने काममा त्यति धेरै रोक्नै सक्दैन बरु अमेरिकामा रहेका चिनियाँ नागरिकबीचको सम्पर्क गर्न र अमेरिकाले चीनसँग गर्ने व्यावसायिक कामका लागि सम्पर्क गर्ने काममा पनि अप्ठेरो बनाउने ती विज्ञहरूले जानकारी दिएका छन् ।
अमेरिकाको सरकारले यी एप्स्माथि प्रतिबन्ध लगाउने कामका लागि दिएको आदेशमा अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आवश्यक कदम चाल्नुपर्ने भएकोले यो गरिएको बताएका छन् । बिहीबार प्रतिबन्ध लगाइएका दुवै एप्स् अमेरिकाका लागि आगामी दिनका लागि पनि खतरा रहेको राष्ट्र्पति ट्रम्पले आफ्नो यो कार्यकारी आदेशमा भन्नुभएको छ ।
उता यी एप्स्का चीनका सञ्चालकहरूमाथि पनि उनीहरूको कारोबारमाथि प्रतिबन्ध लाग्ने भएकोले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि असर गर्न सक्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?