logo
२०८० चैत्र १५ बिहीवार



दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे
तस्विर–अलजजिरा


सिओल, साउन २० गते ।
दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का सङ्क्रमित पछिल्लो समयमा बढेको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको छ ।
योसँगै मङ्गलबारसम्म कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४२३ पुगेको हो । सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरू ३४ जना थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो हप्ता हरेक दिन कम्तीमा ५० जना सङ्क्रमित थपिएका बताइएको थियो । यसरी यहाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४ मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरू परेका पनि बताइएको छ ।
सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका सङ्क्रमित बढीजसो चर्चमा गएका व्यक्तिहरू भएको बताइएको छ । सरकारले पछिल्लो समयमा कोरोना सङ्क्रमितहरूको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?