logo
२०८१ बैशाख ६ बिहीवार



चीनको युनान पुग्यो सलह

अन्तर्राष्ट्रिय |


चीनको युनान पुग्यो सलह


कुनमिङ, साउन २० गते । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । कृषि अनुसन्धान निकायहरूका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।
मौसम सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तीव्र गतिमा सक्रिय भएका पाइएको छ ।
स्थानीय अधिकारीहरूले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कने क्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् । विज्ञहरूको भनाइमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको सङ्ख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?