logo
२०८० चैत्र १६ शुक्रवार



गण्डकी प्रदेशमा थपिए २० जना कोरोना सङ्क्रमित

प्रदेश |


गण्डकी प्रदेशमा थपिए २० जना कोरोना सङ्क्रमित


तारा चापागाईं दुवे
पोखरा, साउन १८ गते । कास्कीमा एकै दिन २० जना कोरोना सङ्क्रमित भेटिएका छन् । जसमध्ये पोखरा महानगरमा एक जना र रुपा गाउँपालिकामा पाँच जना रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार गण्डकी प्रदेशमा २० जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार प्रदेशका छ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका हुन् । तनहुँमा दुई जना, स्याङ्जामा आठ जना, लमजुङमा तीन जना, बाग्लुङमा एक जना र कास्कीमा छ जना सङ्क्रमित थपिएका हुन् । कोरोना सङ्क्रमितमध्ये दुई जना महिला र अरु सबै पुरुष रहेका छन् ।

सबैलाई सम्बन्धित क्षेत्रको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ५०५ जना पुगेको छ भने एक हजार २४५ जना निको भएर घर फर्किएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?