logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाइ

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाइ


वासिङ्टन, साउन १७ गते । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन 'टिकटक' प्रतिबन्ध लगाउन सकिने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार याे जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, 'हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ ।' 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, 'हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरू हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ । हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।' 
अमेरिकामा कतिपय चिनियाँ एप्लिकेनहरूमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो ।
यसअघि जुलाईको पहिलो साता नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाइ राख्नुभएको थियो ।
त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको प्राप्त समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?