logo
२०८० चैत्र १५ बिहीवार



जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैङ्कको भनाइ

अर्थ |


जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैङ्कको भनाइ


टोकियो, असार ३१ गते ।
जापानको केन्द्रीय बैङ्कले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैङ्कले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ । जापानका नीति निर्माताहरूले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए ।
जापानको केन्द्रीय बैङ्कले कोरोनाभाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको छ । बैङ्क अफ जापानले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ, तर कोरोनाभाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ ।”
बैङ्कले विश्व अर्थतन्त्र निरन्तर सुधारको क्रममा हुने अपेक्षा गरिएको बताउँदै जापानको कुल गार्हस्थ्य उत्पादन ३/३ प्रतिशत मात्र हुने जनाएको छ । तर अस्थिरता व्यापक रहेकाले अहिल्यै अर्थतन्त्रको परिस्थिति मूल्याङ्कन गर्न कठिन रहेको बैङ्कको भनाइ छ । जापानको अर्थतन्त्रलाई सुदृढ बनाइराख्न केन्द्रीय बैङ्कले मौद्रिक नीतिमार्फत पनि सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?