logo
२०८० चैत्र १६ शुक्रवार



वर्षाका कारण सप्तरी डुबानमा परी घरहरु भत्किए

प्रदेश |


वर्षाका कारण सप्तरी डुबानमा परी घरहरु भत्किए


सप्तरी, असार ३१ गते । चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताउनुभयो । महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।

यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

चार सय भिटिएम ट्युब प्रदान

राजविराज लायन्स क्लबले कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा सप्तरीवासीका लागि पिसीआर परीक्षण गर्न मङ्गलबार भाइरल ट्रान्सपोर्ट मिडियम ९भिटिएम० ट्युब उपलब्ध गराएको छ । लायन्स डिस्ट्रिक्ट ३२५ अन्तर्गत राजविराज लायन्स क्लबले एक समारोहमा गजेन्द्रनारायण सिंह अस्पताललाई ४०० भिटिएम किट उपलब्ध गराएको हो ।

सांसद मृगेन्द्रकुमारसिंह यादव र प्रदेश नं २ का सभा सदस्य मनिष सुमनले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झालाई भिटिएम हस्तान्तरण गर्नुभयो । भिटिएम ट्युब प्राप्त गरेपछि अस्पतालका निमित्त मेसु डा झाले राजविराज लायन्स क्लबलगायत विभिन्न संस्था र नागरिक समाजको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले राज्यले मात्र महामारीको सामना गर्न सम्भव नभएको भन्दै सप्तरीमा नागरिक समाज र विभिन्न सहयोगी संस्थाले गर्दै आएको मानवीय सेवाको खुलेर प्रशंसा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?