logo
२०८० चैत्र १६ शुक्रवार



मुख्य बजारका व्यवसायीलाई कोरोना देखिएपछि खलङ्गामा निषेधाज्ञा

प्रदेश |
फिचर |


मुख्य बजारका व्यवसायीलाई कोरोना देखिएपछि खलङ्गामा निषेधाज्ञा


नेत्र शाही

जुम्ला, असार ३० गते । जुम्लामा एक व्यवसायीलाई कोरोना सङ्क्रमण देखिएपछि मङ्गलबार दिउँसो ३ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका वडा नं. ५ का व्यवसायीलाई कोरोना सङ्क्रमण देखिएकाले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।  पछिल्लो समयमा विभिन्न समयमा सङ्क्रमित भएका १५ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसाेलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा पनि सुत्केरीमा सङ्क्रमण देखिएको छ । यसैगरी दुई जना कालीकोट फिल्डमा गएका स्वास्थ्यकर्मीहरूलाई समेत कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिष्ठानमा अहिलेसम्म तीन जना सुत्केरी सङ्क्रमण भएपनि स्वास्थ्यकर्मीहरूले काम गरिरहेका प्रतिष्ठानले जानकारी दिएको छ । धमाधम सुत्केरी पोजिटिभ भएर आउँदा पनि स्वास्थ्यकर्मीले जोखिममा काम गरिरहेका प्रशासकीय अधिकृत शाहीले थप्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?