logo
२०७७ श्रावण २४ शनिवार

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


2020-07-14-18465
तस्विर–फाइल


जेनेभा स्वीट्जरल्याण्ड, असार ३० गते।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ । साथै सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख ४२ हजार ६९३ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जनाएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ९ हजार ९७२ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५९ हजार २०९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३८ हजार २४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकी राष्ट्रमा एक लाख ६ हजार ४९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । उत्तर अमेरिकामा एक लाख ८७ हजार १२२ जनाको मृत्यु भएको छ । युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ७१ हजार ५५५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?