logo
२०८१ बैशाख ८ शनिवार



बाढी र पहिरोमा छ जनाको मृत्यु, पाँच बेपत्ता

प्रदेश |


बाढी र पहिरोमा छ जनाको मृत्यु, पाँच  बेपत्ता
बुल्दी खोलामा आएको बाढी


अमरराज नहर्की
तनहुँ, असार २९ गते । गएरातिबाट भएको अविरल वर्षाले तनहुँको विभिन्न स्थानमा पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ, पाँच जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–५ मा पाँच जना र माग्दे गाउँपालिाकामा एक गरी छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । बेपत्ता हुनेमा रिसिङ गाउँपालिकाका पाँच जना रहेको उहाँले बताउनुभयो ।

रिसिङ गाउँपालिकाका–८, पल्ट्याङका एकै घरको पाँच जना, व्यास नगरपालिका–९, माझकोटमा घर भत्किएर चार जना र व्यास नगरपालिका–९ कै एक वृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीया लक्ष्मी विकको भने पहिरोमा परी मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ का अनबहादुर थापाको घर पहिरोले पुरिँदा छोरा, बुहारी र नातिनी गरी पाँच जनाकाे मृत्यु भएकाे तिमिल्सिनाले बताउनुभयो ।

त्यस्तै, व्यास–९ माझकोटको केशर बहादुर थापाको घर भत्किँदा चार जना परिवारका सदस्य बेपत्ता नै रहेका छन् । सोही ठाउँका मानबहादुर घर्तीको घर भत्किँदा ७० वर्षीया आमा पहिरोमा पुरिएर मृत्यु भएको तिमिल्सिनाले बताउनुभयो ।

बुल्दी खोलामा ठूलो बाढी आउँदा मालेबगर, सिमलाटार, करमकाठ, बसपार्क वरपरका दुई दर्जन बढी घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?